वीर अस्पतालमा उपचाररत माओवादी सचिव आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड बिहीबार बिहान काठमाडौँको वीर अस्पताल पुगेर नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
अहिले उनको रक्तचाप नियन्त्रणमा रहेको र उनको स्वास्थ्य खतरामुक्त रहेको बताइएको छ । पार्टी कार्यक्रमका लागि अछाम पुगेका आचार्य बुधबार एकाएक बेहोस भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
Share on Twitter