स्थानीय तहका कर्मचारी आन्दोलनमा (तस्बिरहरू)
काठमाडौं:संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू काठमाडौं आएका छन् ।
संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका महासचिव विजय देवकोटाले बताए ।
देशभरका ७५३ स्थानीय तहका कर्मचारी काठमाडौं आइरहेको जनाइएको छ । सोमवारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका हुन् । बुधवार माईतीघर मण्डलामा पानी परेको समयमा समेत उनीहरुले आफ्नो आन्दोलन यथावत राखेका छन् ।





Share on Twitter