स्वास्थ्यमा अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायका लागि १७२ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको बैठकले मन्त्रालय र अन्तर्गतका निकायका लागि अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार स्वीकृत दरबन्दी चारवटा निकायलाई वितरण गर्ने गरी स्वीकृत भएको बताए ।
उनका अनुसार अधिकृत तहका कर्मचारीहरुको दरबन्दी स्वास्थ्य बीमा बोर्ड, कान्ति बाल अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गेटा मेडिकल कलेजमा वितरण हुनेछ ।
Share on Twitter