भुकम्प पिडितलाई तत्काल राहतको व्यवस्थागर्न नेविसंघको माग, उद्धारमा खट्न कार्यकर्तालाई निर्देशन
काठमाडौं:नेपाल विद्यार्थी संघ(नेविसंघ) ले आज बझाङको चैनपुर नजिक केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गराएको क्षतिमा आवश्यक राहत तथा उद्धारका लागि सरकारसँग माग गरेको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै दुख ब्यक्त गरेका छन् । उनले भुकम्प पिडितलाई तत्काल राहतको व्यवस्थागर्न माग गरेका छन् ।
घाइतेहरुको स्वास्थ्य उपचार प्रकोपमा परेर भत्किएका घर र विद्यालयहरुमा आवश्यक राहत तथा उद्धार गर्न माग गरेको हो । शेर्पाले नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई समेत राहत तथा उद्धारमा खट्न निर्देशन दिएका छन् ।
मंगलबार दिउँसो ३ बजे ६ मिनेटमा भूकम्प जाँदा पश्चिम नेपालमा १३ जना घाइते एवम् दर्जनौं घर भत्किएका थिए ।

Share on Twitter