केएमसीका डाक्टरहरुको आन्दोलन स्थगित, नियमित काममा फर्किए
काठमाडौं:काठमाडौं मेडिकल कलेजका आन्दोलनरत चिकित्सकहरु काममा फर्किएका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई पक्राउगरी मुद्धा चलाएपछि डाक्टरहरु काममा फर्किएका हुन् ।
आइतबार केएमसीको नेफ्रोलोजी विभागका कार्यरत इन्र्टन डाक्टर मनिष खड्कामाथि चार जनाको समूहले कुटपिट गरेका थिए। घटनामा संलग्न गुल्मी ठेगाना भएका हाल काठमाडौं चावहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
आक्रमणकारी विरुद्ध मुद्धा चलाएपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्दै काममा फर्किएका हुन्।
Share on Twitter