एनआरएनएको सह कोषाध्यक्षमा अभिमन्यु बस्नेतकाे उम्मेदवारी घोषणा
काठमाडौं:गैर आवासीय नेपाली संघ (एनआरएनए) को सह कोषाध्यक्षमा क्यानडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्। अक्टोबर१७ देखि २० सम्म हुने सम्मेलनमा सह कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विगत १२ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेका बस्नेतले सन् २०१३–१५ एनसीसी क्यानडाको जिम्मेवारीमा रहेर काम गरेका छन् । हाल उनी अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक छन् । एनआरएनएको कोषलाई सबल र समुन्नत बनाउने अठोटसहित सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बस्नेतले बताए ।
उनले आफूले काम गर्ने जिम्मेवारी पाएमा इमानदारिताका साथ पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्ना ११ बुँदे बाचा समेत सार्वजनिक गरेका छन् ।
.
१ नेपाली नागरिकता को निरन्तरता को पहल गर्ने
२ सम्पूर्ण पञ्जीकृत सदस्यहरूको मतदान गर्ने अधिकार सुरक्षित गर्ने.
३ एनआरएनएलाई विश्वभरका गैर आवासीय नेपालीहरूको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रूपमा विकास गराउन ।
४ संस्थालाई आर्थिक रूपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखा प्रणालीको विकास गर्न । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्न ।
५ नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमिकतामा राखी त्यहाँ कार्यरत नेपालीहरूको अधिकारको लागि आवाज उठाउन ।
६ सुरक्षित वैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउन । दुबई, कतार, साउदी जस्तो नेपालीहरूको जनसंख्या धेरै भएको ठाउँमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने ।
७ विदेशी लगानी नेपालमा भित्र्याउन सहयोग पुर्याउन ।
८ नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पुँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने ।
९ सामाजिक सेवाका कामहरूलाई कर्तव्य र दायित्वका रूपमा अङ्गीकार गर्दै व्यापक जनसहभागिताको साथमा सम्पन्न गर्ने ।
१० सरकारसङको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको छुट्टै फण्ड स्थापना गर्न । पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउन ।
११ दोस्रो पुस्ताका एनआरएनएहरूलाई एनआरएनएमा समावेश गर्न कार्यक्रम ल्याउने.
Share on Twitter