एनआरएनएलाई साझा बनाउने मेरो प्रतिबद्धता : गौरीराज जोशी
काठमाडौं:गैर आवासीय नेपाली संघ (एनआरएनए)को महासचिवका उम्मेदवार गौरीराज जोशीले आफुलाई सहयोग गर्न अपिल गरेका छन् । हाल नेपालमा रहेका जोशीले आफुलाई सेवा गर्ने मौका दिन विश्वभरका एनआरएनएहरुलाई आग्रह गरेका छन् ।
काम गरेर एनआरएनएलाई सबैको साझा बनाउनकालागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा रहेका जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता वितरणको परम्परा तोड्दै २२ महिना नै सदस्यता वितरण खुल्ला गर्ने, संस्थालाई थप प्रविधिमैत्री र पारदर्शी बनाउने लगाएतका एजेन्डा अघि सारेका छन् ।
‘संसारभरका गैर आवासीय नेपालीहरूले महासचिवमा निरन्तरता चाहेपछि दोहोरिने निर्णयमा पुगेको र सोही अनुसार तयारी गरिरहेको जोशीको भनाइ छ ।
Share on Twitter