श्रमीकको प्रतिनिधित्व गर्न मेरो उम्मेदवारी : सुदीप कार्की
काठमाडौं:सुदीप कार्कीले गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सन् २००२ मा मजदुरी गर्न यूएई पुगेका कार्की पछिल्लो समय कम्पनिको व्यवस्थापकका रुपमा काम गर्दै सामाजिक काममा समेत सकृय छन् ।
सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, श्रमिकको समस्या समाधानकालागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । आफुले श्रमीकका समस्या नजिकबाट अनुभव गरेकाले आफु श्रमीकको प्रतिनिधि भएको उनको दाबी छ । मध्यपुर्वका एनआरएनहरु श्रमीकको काम गर्ने भन्ने र व्यवहारमा नभएपछि आफुले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।
सन २०११ बाट सकृय रहेका कार्कीले एनआरएनए युएईको उपाध्यक्ष र अध्यक्ष पद समेत समाली सकेका छन। कार्की यसअघि राष्ट्रिय समन्वय परिषद यूएईको अध्यक्ष हुँदै पटक–पटक आईसीसी सदस्य बनेका थिए । एनआरएनए को निर्वाचन अक्टोवर १७ देखि२० सम्म हुने छ ।
Share on Twitter