पिके डाइगोनिस्टिक सेन्टर प्रालिका सञ्चालकमाथि आक्रमण
काठमाडौ:काठमाडौंको गौशालामा पिके डाइगोनिस्टिक सेन्टर प्रालिका सञ्चालकमाथि आक्रमण भएको छ । आक्रमणबाट साबिर हुसेन घाइते भएका छन् ।
साबिर पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ हुन् । सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।
घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । घटनास्थलमा गोली चलेको पुष्टि भने भएको छैन । घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । हुसेन बाराको कलैया नगरपालिका– २१ घर भई कोटेश्वर बस्दै आएका थिए।
अन्दाजी ३८ वर्षका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको पाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । हुसेनमाथि आक्रमण गर्नेले कालो सर्ट, कालो पाइन्ट, सर्टको बाहुला च्यातिएको कपडा लगाएको तराई मुलको जस्तो देखिने व्यक्ति रहेको प्रहरीले जनाएको छ।
Share on Twitter