चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ उर्तिण
काठमाडौं:नेपाल मेडिकल काउन्सिले लिएको चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षामा ४६ प्रतिशत उर्तिण भएका छन् ।
गत असोज १० गतेदेखि १२ गते सम्म लिएको ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकलतर्फ १४ सय ९१ र डेण्टलतर्फ ३२० गरी १८ सय ११ जना परीक्षार्थी सहभागी भएकोमा मेडिकलतर्फ ६६२ र डेण्टलतर्फ १७१ जना उर्तिण भएको जनाएको छ । यो नतिजा समग्रमा ४६ प्रतिशत रहेको पनि काउन्सिलले जनाएको छ ।

Share on Twitter