औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता
काठमाडौं :औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भएको छ ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यमान औषधि ऐन २०३५ ले स्वास्थ्य उपचारको क्रममा प्रयोग हुने सम्पुर्ण स्वास्थ्य प्रविधिजन्य सामाग्री एवंम सौन्दर्य प्रसाधनलाई समेट्न नसकेको भन्दै गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।
संविधानको धारा ३५ ले स्वास्थ्य उपचारलाई मौलिक हक अन्तर्गत राखेको छ । प्रस्तावित विधेयकमा औषधि उत्पादन, प्रशोधन, विक्री वितरण र पैठारीको विषय उल्लेख छ । यस्तै औषधिको मुल्य तोक्ने बिषयपनि विधेयकमा समेटिएको छ ।
Share on Twitter