रिसले ज्यान नै लिन सक्छ
काठमाडौं : रिस उठ्नु स्वभाविक प्रक्रिया हो । प्रायः स–साना कुरामा झर्किने, रिसाउने स्वभाव मानिसमा हुन्छ नै । प्राकृतिक कारणले उत्पन्न हुने भएकाले सामान्य खाले रिस हरकोहीमा देखिन्छ ।
तर एकदम छिटो–छिटो रिसाउने, साना–साना कुरामा रिसाउने बानीले हृदय रोग र रक्तसंचार प्रणालीमा निकै खतरा सृजना गरेको हुन्छ । रिसले उग्र रुप लिदैगएमा मुटुरोगको जोखिम बढ्दै जाने मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताए । रिसाएको बेलामा शरीरमा स्ट्रेस हर्मोनहरु निस्कन्छन् जुन हानिकारक हुन्छन।
रिसाएको बेलामा हृदयलाई अक्सिजन अझ बढी चाहिन्छ र रगतमा हुने प्लेटलेटहरु रगतको नलीमा जम्ने खतरा हुन्छ । धेरै रिसाएको बेलामा मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, स्वासप्रश्वास छिटो छिटो हुने र हृदयाघातसमेत हुन सक्ने डा. अनिल बताउछन् । रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटनासमेत निम्तिन सक्छ । जानै रिस नियन्त्रण गर्ने उपाए ।
१. एकदेखि सयसम्म गन्नुहोस्
यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुस्। रिसले चुर नै हुनुभएको छ भने एकदेखि एकसम्म गन्नुस्। ती गन्ती गन्दा बिस्तारै तपाईंको रिस पनि मर्दै जान्छ।
२. लामो श्वास फेर्नुहोस्
रिस उठेको छ भन्ने याद गर्दै ५ देखि १० पटक सम्म लामो लामो सास लिने र छोड्ने गर्नुस्, रिस कम हुँदै जानेछ।
३. केही मनपरेको शब्द मन्त्रको रुपमा उच्चारण गर्नुहोस्
आफूले मन परेका शब्द वा वाक्य खोज्नुहोस् र त्यसमा एकाग्र हुने कोसिस गर्नुहोस्। त्यो शब्द मन्त्रको रुपमाबारम्बार दोहो¥याउनहोुस्। जस्तै म ठिक हुनेछु। सजिलै रुपमा लिऔं आदि।
४. जिउ तन्काउनुहोस्
रिस लागिरहेको छ भने घाँटी तथा जिउ तन्काउनुहोस्। कुनै योगको आसन गर्नसक्नुहुन्छ, जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ। यति गर्नलाई अरु केही सरसमानका जरुरत पर्दैनन्।
५. आँखा बन्द गर्नुहोस्
चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्नुहोस् र आफूलाई एकदमै रिल्याक्स गरेको दृश्य कल्पिनुहोस्। जस्तैः कुनै रमाइलो हरियाली दृश्य सम्झिनुहोस्। जहाँ पोखरी छ, पोखरीको पानी कुन रंगको छ? चराचुरुंगीको आवाज कस्तो आइराखेको छ? यी इत्यादि दृश्यहरू आँखा बन्द गरेर महसुस गर्नुभयो भने रिस छिट्टै मर्छ।
६. गीत सुन्नुहोस्
संगीत कसलाई मनपर्देन र? राम्रो गीत सुनियो भने मुड अन हुन्छ। रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्नुस् र आफ्नो भावना बहलाउनुहोस्। इयरफोन लगाएर सुन्नुस् या कोठामा घन्काएर सुन्नुस्। मुड फ्रेस बनाउनहोुस् यसले तपाईंको चिन्ता रिस छिनभरमै हराउन मद्दत गर्छ।
७. चुप लागिदिनुस्
तात्तातो रिसको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पु¥याउँछ। रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मान्नुस् की तपाईंको ओठमा गम टाँसिएको छ,बोल्न सक्नुहुन्न। यसरी चुपचाप भएको बेला तपाईंले गलत या सही छुट्याउन समय पाउनुहुन्छ।
८. लेख्ने बानी गर्नुहोस्
जुन कुरा भन्न सकिँदैन त्यसलाई पक्कै पनि लेख्न सकिन्छ। रिस लागेको बेला के महसुस भइरहेको छ र कस्तो प्रतिक्रिया जनाउन मन लागेको छ मजाले लेख्नुहोस्। आफ्नो कुरा कापीमा लेख्दा मन शान्त हुन्छ।
९. मज्जाले हाँस्नुहोस्
खराब मुड जस्तो नराम्रो त अरु के हुन सक्ला र। आफ्नो रिसलाई शान्त पार्न हसाउने र रमाइलो कुराको खोजीमा लाग्नुहोस्जस्तै बालबच्चासँग खेल्ने, मेमे, स्ट्याण्डअप कमेडी हेर्ने आदि।
१०.सिर्जनात्मक कुरा अपनाउनुहोस्
तपाईंको रिसलाई सिर्जनात्मक कुरामा लगाउनुस्। मुड अफ भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउनुहोस् या केही गीत, कविता कोर्नसक्नुहुन्छ। रिस उठेको बेला आफ्नो सिर्जनात्मक सीपलाई प्रयोग गर्नुहोस्।
Share on Twitter