मुटु बारे जानौं र मुटु बचाऔं
काठमाडौं:आज विश्व मुटु दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।
यस वर्षको नार्रा मुटु बारे जानौं र मुटु बचाऔं’ भन्ने तय भएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ ।
१० प्रतिशतलाई मधुमेह छ ।स्वास्थ्य मन्त्रालयले मुटुरोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै मुटुलाई स्वस्थ राख्न विभिन्न सल्लाह दिएको छ । स्वस्थ खानेकुरा खान, शारीरिक व्यायाम गर्न, शरिरको तौललाई नियन्त्रणमा राख्न, धुमपान र मद्यपान छाड्न, कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रणमा राख्न र मानसिक तनाव व्यवस्थापन गर्न मन्त्रालयको आग्रह छ ।
पछिल्लो समय निष्क्रिय जीवन र मानसिक तनावको कारण मुटुरोग देशभरका सबै उमेर, वर्ग र क्षेत्रका मानिसलाई लागेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ

Share on Twitter