नेशनल कार्डियाक सेन्टरमा पत्रकारको निःशुल्क मुटु परीक्षण
काठमाडौं:काठमाडौंको बसुन्धारास्थित नेशनल कार्डियाक सेन्टरले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा स्वास्थ्य बिटमा क्रियाशिल ३५ जना पत्रकारलाई बिहीबार कार्डियाक सेन्टरले निःशुल्क मुटु जाँच गरेको हो ।
कार्डियाक सेन्टरमा पत्रकारहरुले मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, रगत जाँचहरु सुगर, कोलेस्टेरोल, थाइराइड लगायतको स्वास्थ्य परीक्षण गराएका हुन् ।

परीक्षण पछि बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतना,नेपालमा मुटु रोगीको अवस्था र मुटु रोग लाग्न नदिनका लागि व्यक्तिको भूमिका विषयमा जानकारी दिएका थिए । स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको समन्वयमा सेन्टरले विगत केही वर्ष यता पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
Share on Twitter