चिकित्सकमाथि भएको आक्रमणको विरोधमा बुधबार पनि काठमाडौंमा प्रदर्शन
काठमाडौं:चिकित्सकमाथि भएको आक्रमणको विरोधमा डाक्टरहरुले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। पछिल्लो समय देशका विभिन्न ठाउमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी भएको आक्रमणको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्समाथि आक्रमण गर्नेलाई कारबाही गनुपर्ने, चिकित्सकको कार्यस्थलमा सुरक्षाको प्रबन्ध हुनुपर्ने लगातका माग अघि सारेर आन्दोलन थालेका छन् । मेडिकल अफिसर संघर्ष समितिले माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेको छ ।
’कहाँ जान्छौ छुटेर, स्वास्थ्यकर्मी कुटेर’, स्वास्थ्यकर्मीमाथिको आक्रमण बन्द गर’ लगाएतका नारासहित उनीहरुले प्रदर्शन गरेका छन्। मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु मंगलबारदेखि आन्दोलनमा छन्।
Share on Twitter