लम्पी स्किन रोग विरुद्धको खोप प्रभावकारी रहेकाे कान्तिपुर भेट डिस्ट्रिव्युर्टस प्रा.लीकाे दाबी
काठमाडौँ : कान्तिपुर भेट डिस्ट्रिव्युर्टस प्रा.ली ले आफूहरूले आयात गरेको लम्पी स्किन रोग विरुद्धको खोपमा कुनै लापरबाही नगरेको दाबी गरेको छ ।
डिस्ट्रिव्युर्टसका प्रमुख कार्यकारी अधिकृत ऋषि बडालले लम्पी स्किन रोग विरुद्धको खोप गुणस्तर मापदण्ड अनुसार नै रहेको दाबी गरेका छन् । पशु सेवा विभागको आयात निर्यात कार्यविधि २०७३ अनुसार नै पशु पक्षीमा लाग्ने लम्पी स्किन विरुद्धको खोप ल्याएको र उक्त खोप शत प्रतिशत प्रभावकारी रहेको बताए ।
डिस्ट्रिव्युर्टसले खोपका सम्बन्धमा आएको विभिन्न भ्रामक समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै भ्रामक समाचारको पछाडि नलाग्न पत्रकार सम्मेलनमा बताए ।“हामीले आयात गरेका लम्पी स्किन रोग विरुद्धको खोप बिक्री भई किसान समक्ष जाँदा उक्त खोपहरू प्रयोगमा आय पश्चात् कुनै पनि पशुको मृत्यु नभएको र उक्त खोप प्रभावकारी रहेको ब्यहोरा स्वयं सिद्ध छ”उनले भने “ उत्पादनकर्ता अन्तर्राष्ट्रिय कम्पनीले महामारी रोकथामको उल्लेखित खोप कमजोर गुणस्तरको उत्पादन नगर्ने, नहुने हुँदा विगत ३० वर्षदेखि औषधी तथा खोपको आयात तथा विक्री वितरणको कार्य गर्ने यस कम्पनीले न्यून गुणस्तरको खोप आयात गरी विक्री वितरण गर्ने सवालै रहँदैन ।”
कम्पनीले लम्पि स्किन महामारी फैलिएको अवस्थामा १० लाख मात्रा खोप खरिद गरेकोमा ९ लाख पचास हजार मात्रा पशुहरूलाई लगाएको र ५० हजार मात्रा कम्पनीमा मौज्दात रहेको जानकारी बडालले जानकारी दिए ।
यस्तै कम्पनीले यही असोज ८ गते पशु सेवा विभागबाट थप दश लाख मात्रा खोप आयातका लागि अनुमति पाएको छ । प्रचलित बजार मूल्य ३०५ मा विक्री वितरण भइरहेको उक्त खोप कम्पनीले प्रति मात्रा १२० मा विक्री वितरण गरेको उनले बताए । बढी नाफा कमाउन खोज्नेहरू आफू विरुद्ध लागेको उनको भनाइ छ ।
Share on Twitter