चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमको सिट बाँडफाँड
कुन कलेजले कति सिट पाए ?
काठमाडौं:चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८०/८१ को लागि स्नातक तहको सिट निर्धारण गरेको छ । चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमईसीईई –बीएल २०२४)को शैक्षिक कार्यक्रमको सिट बाँडफाँड गरेको हो ।
एमबीबीएस अध्ययन हुने २१ वटा मेडिकल कलेज तथा प्रतिष्ठानका लागि कुल १ हजार ९२५ सिट तोकिएको छ । यस्तै बीडीएस पढाउने १४ वटा कलेजका लागि कुल ५४५ सिट निर्धारण गरिएको जनाइएको छ ।
Share on Twitter