पोखरा र लमजुङमा डाक्टरमाथि कुटपिट
काठमाडौं:पोखरा र लमजुङमा डाक्टरमाथि कुटपिट भएको छ । बिरामीको मृत्युको विषयलाई लिएर पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएको हो।
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका छन्।
यता लमजुङमा पनि डाक्टरमाथि कुटपिट भएको छ । मन्जुरीनामाको विषयमा विवाद हुँदा जिल्ला अस्पतालका डा सन्दीप अधिकारीमाथि कुटपिट भएको हो ।
कुटपिटको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऋषि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख तथा डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।
Share on Twitter