न्यायाधीश न्यौपानेकाे सरुवामा आफ्नो हात नरहेको मन्त्री गुरुङकाे दाबी
काठमाडौं :काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा कानुन, न्याय तथा संसदीय मामलिा मन्त्री धनराज गुरुङले आफ्नो हात नरहेको दाबी गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा पठाउने आदेश दिने न्यायाधीश न्यौपानेलाई रुकुममा सरुवा गरएिको हाे ।
न्यायाधीश सरुवामा न्याय परषिद्को सचविालयले प्रस्ताव तयार पारी पेश गर्ने र परषिद्बाट निर्णय हुने विधि प्रक्रिया र अभ्यास रहेको मन्त्री गुरुङको सचविालयले निकालेको विज्ञप्तिमा भनएिको छ । न्यायाधीश न्यौपानेको सरुवाका लागी मन्त्री गुरुङले प्रस्ताव नगरेको सचविालयले जनाएकाे छ ।
Share on Twitter