डा. ओममूर्तिको ‘जीवन्त सम्वन्ध’ बजारमा
काठमाडौं:डा. ओममूर्ति अनिलद्धारा लिखित ‘जीवन्त सम्वन्ध’ पुस्तक सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमकाबीच पुस्तको बिमोचन भएको हो ।
हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा लेखक डा ओममूर्तिकी आमा राजकुमारी देवी सिंहले पुस्तकको लोकार्पण गरेकी हुन् । पुस्तकका लेखक डा.अनिलले बुबाको मुत्युले जीवनको महत्तव बुझेको बताए । धेरैले जीवनको महत्व बूढो भइसकेपछि अनुभूति गर्ने भएपनि आफूले त्यो भन्दा केही समयपहिला नै बोध गरेको डा.अनिलले सुनाए ।
‘हामीले जीवनमा केही पाउन केही गुमाएका हुन्छौँ, सफलता प्राप्त गर्न हामीले आफन्त,परिवार, समय, स्वास्थ्य गुमाएका हुन्छौँ। कोही कोहीले देश पनि गुमाएका हुन्छौँ’ उनले भने , ‘यो सँगै जीवन पनि गुमाइरहेको हुन्छौँ। यो थहा पाउँदा धेरै ढिला भइसकेको हुन्छ।’
त्यसैगरी आईओएमका पूर्वडिन प्राडा जगदीश प्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए। डा रविन्द्र समिरले पुस्तकमा सम्बन्धहरूको गहिराईलाई केलाइएको, व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित भएको, मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने र सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने कुरा रहेको बताए।
समीक्षा पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य ६०० रुपैयाँ राखिएको छ। लेखकको हस्ताक्षरसहित हार्डकभर र गिफ्ट ब्यागसहितको पुस्तकलाई भने १००० तिर्नुपर्ने जानकारी वितरकले दिएका छन्। पुस्तक बिक्रीबाट आएको नाफा डा.ओम फाउण्डेसनमा र यो रकम असहाय तथा वृद्धवृद्धाका लागि खर्च गरिने डा.ओममूर्तिले जानकारी दिए ।