यौन तथा प्रजनन् स्वास्थ्य र मातृ स्वास्थ्य सुधारकालागि एएल–सरोश परियोजना सुरु
काठमाडौं:दक्षिण एसियामा यौन तथा प्रजनन स्वास्थ्य र मातृ स्वास्थ्य सुधार कालागि एएल–सरोश परियोजना सुरु भएको छ । कृत्रिम बुद्विमताको प्रयोगद्वारा यौन तथा प्रजनन स्वास्थ्य र मातृ स्वास्थ्य सुधार ल्याउन परियोजना सुरु भएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (आईडिआरसी) क्यानाडाको सहयोगमा पिएचसी ग्लोबल पाकिस्तानको नेतृत्व र जिटिए फाउन्डेसन,नेपालको सह–नेतृत्वमा एएल–सरोश परियोजना सुरु भएको हो ।
परियोजनाले दक्षिण एसियाली देशहरूको विद्यमान यौन तथा प्रजनन स्वास्थ्य र मातृ स्वास्थ्यका क्षेत्रमा सञ्चालित विद्यमान कार्यक्रमहरूलाई वृद्धि गर्ने,नयाँ अवसरहरू सिर्जना गर्ने र सबै सेवाको गुणस्तर एवं पहूच बढाउन पहल गर्ने परियोजनाले जनाएको छ । दक्षिण एसियामा मातृ मृत्यु दर बढी छ ।
मातृ मृत्यु मध्ये २० प्रतिशत सुत्केरी पछिको ८ देखि ४२ दिनको अवधिमा हुने गरेको छ । यसका साथै यो क्षेत्रमा बालविवाहका कारण १५ वर्षदेखि १९ वर्षका किशोरी पनि मृत्युको उच्च जोखिममा रहेका छन् । हरेक व्यक्तिले सुखी जीवनयापन गर्नका लागि परिवार नियोजनका साधनको महत्त्वपूर्ण भूमिका हुन्छ । तर दक्षिण एसियामा गर्भ निरोधक प्रचलन दर जम्मा ४२ प्रतिशत मात्र छ ।
तथ्याङ्क अनुसार दक्षिण एसियामा प्रत्येक मिनेटमा ७२ बच्चा जन्मने गरेका छन् । विश्व जनसङ्ख्याको एक तिहाइ जनसंख्या ओगटेको दक्षिण एसियामा १ प्रति एक हजार जनसंख्यामा उच्चतम १९ जन्मदर रहेको छ । दक्षिण एसियामा रहेका यौन तथा प्रजनन स्वास्थ्य र मातृ स्वास्थ्यको सुधार ल्याउन एएल– सरोश परियोजनाले कृति वुद्विमताको प्रयोगद्वारा उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ ।
Share on Twitter