सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति राहत शिक्षकहरुको असन्तुष्टि
काठमाडौं:सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।
४५ हजार राहत शिक्षकहरुको माग सम्बोधन नभएकाले सहमतिमा असहमति जनाउनुपरेको नेपाल राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।
४५ हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने आफूहरुको माग भएपनि यो पुरा हुन नसकेको उनले बताए ।
आज विज्ञप्ति जारी गरेर आफुहरुको आन्दोलन जारीरहने बताएका छन् । अध्यक्ष अधिकारी र राहत शिक्षक संघका महासचिव कुमार बजगाईँले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलन जारी रहने उल्लेख छ ।

Share on Twitter