शिक्षक आन्दोलन :उपत्यकाको यातायात सेवा प्रभावित
काठमाडौं:आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ ।
प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्ती भएको छ ।
ठूलो संख्यामा शिक्षकहरु सहभागी प्रदर्शनका कारण अहिले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विशेष गरी नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वरलगायतका क्षेत्रको यातायात सेवा प्रभावित भएको छ ।




Share on Twitter