स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा प्रकाश बुढाथोकीलाई
कठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा प्रकाश बुढाथोकीले पाएका छन् । केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा कार्यरत बुढाथोकीलाई प्रवक्ताको पनि जिम्मेवारी दिइएको बताइएको छ ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले असोज दुई गते मन्त्री स्तरीय निर्णय गर्दै डा. बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । डा. बुढाथोकी ११ औँ तहका चिकित्सक हुन् । आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने डा बुढाथोकीको भनाई छ ।
Share on Twitter