केडीसीमा आँखा उपचार सेवा
काठमाडौं:काठमाडौंको बसुन्धरास्थित कान्तिपुर जनरल एण्ड डेन्टल अस्पतालमा आँखा उपचार सेवा थप भएको छ । बीएम फाउन्डेशन र टिपिवी फाउन्डेशनको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।
हप्ताको छ दिन आइतवार देखी शुक्रवार विहान ९ बजे देखि बेलुका ६ बजेसम्म आँखा उपचार सेवा दिने अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।
हरेक शुक्रबार भने आँखा परीक्षण निशुल्क हुने गरेको डा श्रेष्ठले जानकारी दिए। अरु दिन १५० रुपैयाँमा विशेषज्ञ सेवा उपलव्ध हुन्छ। नेत्र विशेषज्ञ डा ज्योति बास्तोला पौडेलले केन्द्रमा आँखा सम्वन्धी सबै परीक्षण तथा उपचार हुने बताइन्। ओपिडी, दृष्टिदोष, चस्मा जाँच, यूभिआई रेटिना जाँच लगायत मधुमेह तथा उच्च रक्तचापका बिरामीको आँखाको पर्दा जाँच लगायतका सबै जाँच हुन्छ उनले भनिन्।
केन्द्रमा कार्यरत बी अप्टोमेट्रिस रोहित यादवले, आँखाको डेढोपना, एलर्जीहरु कन्जन्टीबाइटीस, जलविन्दु, मोतिविन्दु, भिजन थेरापी, मेसिनद्धारा आँखाको पावर जाँच लगायतका कामहरु भइरहेको बताए। उनले अस्पतालमा विस्तारै सेवाग्राहीहरुको संख्या बढ्दै गएको समेत जानकारी दिए
Share on Twitter