सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं:सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ गृह मन्त्रालय भएको दुई पक्षबीचको वार्ता निष्कर्षविहीन भएको हो ।
भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाउने कानुनमन्त्री धनरज गुरुङले जानकारी दिए ।यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आजको बैठकमा सामान्य छलफलमात्रै भएको बताए । सहमति नभएसम्म आफूहरुको आन्दोलन जारी रहने उनको भनाइ छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गरेर आफ्नो माग पुरा गर्न दवाव दिइरहेका हुन् ।
Share on Twitter