नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्ने सम्झौता
काठमाडौं:नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्ने सम्झौता भएको छ । कर्णाली क्षेत्रमा पाइने जडीबुटीको विषयमा बृहत अनुसन्धान सुरु गर्ने सम्झौँता पत्रमा उल्लेख छ ।
सोमबार परिषद्को कार्यलयमा परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
‘कर्णाली क्षेत्र बहुमूल्य जडीबुटीको खानी हो, यसको प्रयोग हामीले गर्न सकेका छैनौँ, यसलाई सहज प्रयोग गर्ने बातावरण मिलाउनका लागि पनि यो सम्झौँता महत्वपूर्ण हुन्छ,’ सम्झौतापछि प्रतिष्ठानका उपकुलपति डा. रावलले भने ।
उनले अगाडी थपे ‘अध्ययन अनुसन्धान नहुँदा कर्णालीमा उत्पादित जडीबुडी सस्तोमा चीन र भारत गएर औषधी बनेर महंगोमा हामी नै किनिरहेका छौँ।’परिषद्का सदस्यसचिव डा। ज्ञवालीले प्रतिष्ठानसंगको सम्झौँताले त्यस क्षेत्रमा देखिने स्वास्थ्य समस्यादेखि लिएर त्यहाँ पाइने जडीबुटीका विषयमा अध्ययन अनुसन्धानका लागि बाटो खुलेको बताए ।
Share on Twitter