वीर अस्पतालमा हप्ताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने
काठमाडौं: वीर अस्पतालमा हप्ताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने भएको छ । अस्पतालले हप्ताको छ दिन नै युरोलोजी अन्तरगर्तका शल्यक्रिया गर्ने निर्णय गर्दै त्यसमध्येको तीन दिन मिर्गौलाको प्रत्यारोपण गर्ने भएको हो ।
सोमबार बुधबार र शुक्रबार मिर्गौला प्रत्यारोपण हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताए । आइतबार, मंगलबार र बिहीबार युरोलोजी तर्फको ओपिडीसंगै त्यस अन्तरगर्तका अरु शल्यक्रिया गरिने उनको भनाइ छ ।
मिर्गौलाको पत्थरी लगायतका समस्या लिएर आउने संख्या बढी हुन थालेपछि हप्ताको तीन दिन शल्यक्रिया सेवा उपलब्ध गराउन लागेको जानकारी दिए ।
Share on Twitter