उपरथीमा पदोन्नति भएका रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं:प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका राउतलाई सोमबार एक कार्यक्रमकाबिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरि बहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्कालगायतको उपस्थिति थियो ।
Share on Twitter