डा निरज देव बने एपकाओको पदाधिकारीमा निर्वाचित हुने पहिलो नेपाली
काठमाडौ:नेपाल दृष्टि विशेषज्ञ संघका केन्द्रीय अध्यक्ष डा निरज देव जोशी एशिया प्यासेफिक काउन्सिल अफ ओप्टोमेट्रीको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
उनको कार्यकाल सन् २०२५ को सेप्टेम्बर सम्म रहने छ । जोशी एशिया प्यासेफिक काउन्सिल अफ ओप्टोमेट्रीको पदाधिकारीमा निर्वाचित पहिलो नेपाली हुन् । आँखा स्वाथ्य प्रति सरकार उदासिन रहेको डा जोशी बताउछन् ।
दृष्टि विज्ञानको अध्ययनमा युवाहरुको रुचि भएपनि सरकारले वास्ता नगरेको उनले बताए । उनले दृष्टि विज्ञान को प्रवर्धनका लागि आफु सदैव तत्पर रहेको बताए ।
सुन् १९७८ मा स्थापना भएको एशिया प्यासेफिक काउन्सिल अफ ओप्टोमेट्री मा जापान,अस्ट्रेलिया, क्यानाडा, हङकङ, कोरिया, मलेसिया, भारत, सिङ्गापोर’ लगायत २६ देशका आखाँ स्वास्थ्यमा काम गर्ने संस्थाहरु सदस्य छन् । यो संस्थाले एशियाली देशमा आँखा स्वास्थ्य र दुश्य कल्याणको प्रवद्र्धन गर्ने जनाइएको छ ।
Share on Twitter