सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु
काठमाडौं:नेपाल चिकित्सक संघ र सरकारबिच वार्ता सुरु भएको छ । मकवानपुरको हेटौँडामा डाक्टरमाथि भएको आक्रमणपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगााडि बढाउन दवााव दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।
संघले देशभरका ओपिडि सेवा बन्द गर्ने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार नै ५ सदस्यीय वार्ता समिति बताएका थिए।
उक्त समितिले वार्ताकालागि बोलाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता सुरु भएको सहकर्मी कल्पना वास्तोलाले जानकारी दिइन ।
चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की , सचिव डा सञ्जिव तिवारी लगायतका पदाधिकारी वार्तामा सहभागि छन् भने सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधि रहेका छन्।
भदौ २७ गते सन्चो अस्पतालका डाक्टर विकास थापा र डा प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो। डाक्टर कुटिएको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
Share on Twitter