शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाजको अध्यक्षमा राजिव कुमार थापा निर्वाचित
काठमाडौं:शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाजको अध्यक्षमा राजिव कुमार थापा निर्वाचित भएका छन् । शनिबार भएको अधिवेसनले थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै समाजको सचिवमा कन्हैया भक्त राजभण्डारी, कोषाध्यक्षमा अन्जना अर्याल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शुभराम बस्नेत, प्रकाश महर्जन, अमृत कुमार पन्थी, सन्तोष गुरुङ्ग, रजन के.सी., शिव पाठक, अन्जित खड्का र राजेश पाठक निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा. सजिव कुमार श्रेष्ठले बताए ।
अधिवेसनको खुलासत्रलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शंकर देव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रुपमा विकाश गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै काठमान्डौ प्रदेशसभाका सांसद तथा पुर्व मन्त्रि दिपेन्द्र श्रेष्ठले क्याम्पसको विकासमा आफुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य सचिब लिलामणी पैडेलले शंकर देव क्याम्पसलाई पायोनियर स्वायत्त कलेज बनाई बिश्व बजारमा ब्यावस्थापनको पायनियर कलेजका रुपमा बिकाश गर्नुपर्ने अबधारणा राखेका थिए । उनले आफुपनि संकरदेव क्याम्पसको पुर्व विद्यार्थी भएको र पूर्व विद्यार्थी समाजले गरेका हरेक गतिबिधिमा नजिक रहेर सहयोग गरिरहेको बताए ।
शंकर देव क्याम्पसका पुर्व सभापति शुभराम बस्नेतले पूर्व विद्यार्थी समाज शंकरदेवका अध्यक्ष राजिब विक्रम थापाको नेतृत्वमा भबन निर्माण देखी कोभिडको समयमा पहिलो कलेजका रुपमा अनलाईन टिचिङ व्यवस्था तथा बिद्यार्थीहरुलाई विभिन्न कम्पनिमा इन्टर्नको ब्यवस्था गरी म्यानेजमेन्टमा अब्बल कलेको रुपमा स्थापित गर्न सहयोग गरेको बताए ।
Share on Twitter