पुस्तक‘जीवन्त सम्बन्ध’को कभर सार्वजनिक
काठमाडौं: वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलद्वारा लिखित नयाँ पुस्तक‘जीवन्त सम्बन्ध’ बजारमा आउदैँ छ । यो उनको दोस्रो पुस्तक हो । शुक्रबार एक कार्यक्रमकाबिच उक्त पुस्तकको आवरण पृष्ट सार्वजनिक गरिएको छ। आगामी असोज ५ गते औपचारिक कार्यक्रम गरी पुस्तक बिमोचन गर्ने लेखक डा.अनिलले जानकारी दिए ।
आफ्नो जीवनको ४ दशकका सुख, दुःख, सफलता, असफलता र भोगाइलाई पुस्तकमा समेटिएको उनको भनाइ छ । ५३ वटा संस्मरणात्मक आलेख रहेको पुस्तक २४० पृष्ठको रहेको ओम फाउन्डेसनले जनाएको छ। समीक्षा पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य ६०० रुपैयाँ राखिएको छ।
लेखकको हस्ताक्षरसहित हार्डकभर र गिफ्ट ब्यागसहितको पुस्तकलाई भने १००० तिर्नुपर्ने जानकारी वितरकले दिएका छन्। वितरकका अनुसार यो पुस्तक आजैबाट अनलाइन अर्डर गर्न सकिने छ। इसेवा, दराजबाट पनि पुस्तक अर्डर गर्न सकिन्छ। डा.ओम मूर्ति अनिलको फेसबुक तथा वेबसाइटबाट पनि पुस्तकको अर्डर गर्न सकिन्छ।
पुस्तक बिक्रीबाट आएको नाफा डा.ओम फाउण्डेसनमा रहेन र यो रकम असाहय तथा वृद्धवृद्धाका लागि खर्च गरिने डा.ओममूर्तिले जानकारी दिए ।
Share on Twitter