राष्ट्रपति पौडेलबाट १० जना महिला डाक्टर सम्मानित
काठमाडौं:राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका ५ जना महिला चिकित्सकलाई वुमन इन मेडिसिनबाट सम्मान गरेका छन् । यस्तै ५ जनालाई लाइभ टाइम अचिभ्मेन्ट प्रदान गरिएको छ ।
नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकहरुलाई सम्मान गरेका हुन् । शुक्रबार राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति पौडेलद्वारा नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने अग्रणी महिला चिकित्सकहरूलाई यो सम्मान प्रदान गरिएको हो।
‘वुमन इन मेडिसिन इन नेपाल’ अवार्ड पाउनेहरुमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा.अर्चना अमात्य, वरिष्ठ प्याथोलोजिष्ट डा गिता शाक्य, डा कोकिला वैद्य, प्रा डा मिता सिंह, प्रा डा प्रमिला प्रधान रहेका छन्। त्यस्तै वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरुमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरु डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्रचार्य, डा कस्तुरी मल्ल, डा. गिता कार्की, तथा डा. शोभा अर्ज्याल रहेका छन्। सङ्घले तीन वर्ष पहिले देखि यो सम्मानको सुरुवात गरेको संद्दका अध्यक्ष अनिल बिक्रम कार्कीले बताए ।
Share on Twitter