हेटौंडामा ड्युटीमै रहेका चिकित्सकमाथि कुटपिट
काठमाडौं:हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । डाक्टरको लापरवाहीले आफन्तको मुत्यु भएको आरोप लगाउदै मृर्तकका आफन्तले डाक्टर कुटे्का हुन् ।
अस्पतालका चिकित्सक डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो। मकवानपुर सिक्रेनीका राजेश प्रधान २२ साउनमा उपचारका लागि सन्चो अस्पतालमा भर्ना भएका थिए ।
४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। तर अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो। तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्ट माथि शंका लाग्यो र उनीहरुले अन्यत्र लैजाने भनेपछि अस्पताले पनि २३ साउन अर्थात भोलिपल्ट डिस्चार्ज दियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो ।
सन्चो अस्पतालले बिरामीको उपचार राम्रोसंग नगरेकै कारण मुत्यु भएको आरोप लगाउदै आफन्तले आक्रमण गरेका हुन् । यता नेपाल चिकित्सक संघले बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै भत्र्सना गरेको छ ।
संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्ती जारी गर्दै घटनामा सम्लग्न माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी पहिलो संसोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न सरकार समक्ष माग गरेका छन्। संघले दोषाीलाई ७२ घण्टा भित्र कानूनी कारबाही नगरे कडा अन्दोलन गर्ने चेतावनी दिएको छ ।

Share on Twitter