पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु
काठमाडौं:पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु भएको छ । देशका विभिन्न सात अस्पतालबाट यो खोप दिइने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गरेका छन । पहिलो चरणमा २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी दिए। यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनहरूले देखाएको उनको भनाइ छ ।
खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनपर्ने डा अधिकारीले बताए । एचपीभी खोप अभियान पहिलो चरणमा प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा लगाइने छ।



Share on Twitter