चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष डा अन्जनी कुमार झाले पदबहाली गरे
काठमाडौं:चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा अन्जनी कुमार झाले आज पदबहाली गरेका छन् । आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयम सानो ठिमी भक्तपुर पुगेर पदबहाली गरेका हुन्।
गत २१ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको थियो।
पदबहाली लगत्तै डा झाले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने जानकारी दिए। उनले चिकित्सा शिक्षामा गुणस्तरीयता कायम गर्दै यस क्षेत्रको विकासमा लाग्ने बताए।
क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसकेका छन्। उनी १४ औँ महाधिवेशनमा मधेशी समुदायभित्र कांग्रेसको खुला केन्द्रीय सदस्यको उम्मेदवार थिए। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार उपाध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ।
Share on Twitter