सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसहित हुने
काठमाडौं:सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । त्यस्तै नेम्वाङको निधनमा सरकारले एक दिन शोक बिदा दिने भएको छ ।
Share on Twitter