नेपानको अध्यक्षमा अधिकारकर्मी भोला भट्टराई चयन
काठमाडौं:नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को अध्यक्षमा वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराई चयन भएका छन् ।
नेपान नेपालभित्र तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत विकास प्रोफेशनल तथा विचार समूहको नेटवर्क हो । यसमा करीव ४ सय विज्ञ र विभिन्न पेशामा संलग्न व्यक्तिहरु आवद्ध छन् । २९ औं वार्षिक साधारणसभाले आगामी दुई वर्षको लागि भट्टराईको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
यस्तै कोषाध्यक्षमा रुपा बस्नेत, डा अनोज क्षेत्री (निवर्तमान अध्यक्ष) र सदस्यहरुमा डा रोजी जोशी, डा जानुका न्यौपाने, डा नरेन्द्रसिं ठगुन्ना, श्रीराम केसी, विजया खनाल, श्रीजना देव, रामहरी अधिकारी र गिरी पन्थी चयन भएका छन् । साधारणसभाले विकास प्रकृयामा समावेशीकरण, सामाजिक न्याय, जवाफदेहिता अभिवृद्धि, नागरिक आवाजमार्फत शासकीय प्रक्रियामा सुधार गर्ने उद्देश्यसहित सन् २०२३ देखि २०२७ सम्मको रणनीति पारित गरेको छ ।
साधारणसभाका क्रममा आयोजना गरिएको शिक्षा क्षेत्रको रुपान्तरणका विषयमा नीतिगत बहसमा डा विष्णुराज उप्रेती, सह–प्रध्यापक डा प्रकाशचन्द्र भट्टराई, डा मीनाक्षी दाहाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
Share on Twitter