उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज
काठमाडौं:उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । स्वास्थमा समस्या देखिएपछि भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका खड्का आज डिस्चार्ज भएका हुन् ।
प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बिपिएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेका खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ ।
Share on Twitter