औषधि व्यवस्था विभागमा हेल्पडेस्क स्थापना
काठमाडौं:औषधि व्यवस्था विभागले कार्यालय परिसरमा हेल्प डेक्स स्थापना गरेको छ । सेवा लिन विभाग पुग्ने सेवाग्राहीका लागि सहज होस् भन्ने उद्धेश्यल हेल्प डेक्स संचालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए ।
विभागमा औषधि पसल दर्ता, नविकरण तथा अन्य कामका लागि आउने सेवाग्राहीलाई विभाग परिसरमा शुल्क लिएर सहयोग गर्ने विचौलियाहरु बढेको गुनासो आएपछि विभाग आफैले निशुल्क हेल्प डेक्स सञ्चालनमा ल्याएको महानिर्देशक ढकालको भनाइ छ ।
आईतबारदेखि संचालनमा आएको हेल्प डेस्कमा फार्मेसी दर्ता, नविकरण गर्न आउनेहरुलाई दर्ता तथा नविकरणका लागि अनलाइन फारम भरिदिने लगायतका सेवाहरु निशुल्क दिनेछन्। हेल्प डेक्समा विभागको केन्द्रमा २ जना खटिने छन्। हेल्प डेक्स कार्यालय समय अवधि भरी सञ्चालन हुने छ । विभागका शाखा कार्यालय विराटनगर, विरगंज र नेपालगञ्जमा पनि हेल्प डेक्स राखिएको ढकालले बताए।
Share on Twitter