हुवासको मिसन अस्पताल करिब दुई दशकदेखि बन्द
काठमाडौ : पर्वत पैंयु गाउँपालिका–४ हुवासको मिसन अस्पताल करिब दुई दशकदेखि बन्द रहेको छ । सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्र अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन ।
विसं २०५० मा स्थापना भएको पन्ध्र शय्याको उक्त अस्पताल बन्द भएको दुई दशक बित्दा पनि सञ्चालनमा कसैले चासो दिएका छैनन्। त्यतिबेला अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए। विशेषज्ञ सुविधासहित सबै खालका शल्यक्रियासमेत हुने अस्पतालबाट तत्कालीन अवस्थामा पर्वत, स्याङ्जा र गुल्मीका सर्वसाधारण लाभान्वित थिए।
व्यक्तिको १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले एक करोड लगानीमा निर्माण गरेको उक्त अस्पतालका चार भवन र फर्निचर अहिले जीर्ण बनेका छन्। अस्पताल बन्द भएपछि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरू समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताए ।
पैंयु गाउँपलिकाको केन्द्र रहेको हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाकामध्येको एक भए पनि उक्त स्थानमा सुविधासम्पन्न स्वाथ्यचौकी स्थापना नहुँदा स्थानीय सास्ती भोग्न बाध्य भएका बेला गत वर्षदेखि पालिकाले आधारभूत अस्पताल सञ्चानमा ल्याएपछि भने केही राहत महसुस गरेका छन्।
Share on Twitter