एनसीडीएको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल बिजयी
काठमाडौं:नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल बिजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी लोकहरि श्रेष्ठलाई १७ मतले हराउदै खण्डेलवाल बिजयी भएका हुन् ।
खण्डेलवालले १०४ मत पाउँदा श्रेष्ठले ८७ मत पाए । यस्तै बरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल १४१ मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत मात्रै प्राप्त गरेका छन् । यस्तै तीन उपाध्यक्षमध्ये थोक तर्फ टंकप्रसाद अधिकारी १३३ मतका साथ विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ५६ मत मात्रै प्राप्त गरे । यस्तै खुद्रा उपाध्यक्ष तर्फ यमनाथ पौडेलले १०७ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी हरिप्रसाद बिडारीले ८१ मत मात्रै प्राप्त गरे । यस्तै आयात तर्फ उपाध्यक्षमा रामचन्द्र शर्मा १११ मतका साथ बिजयी भएका छन् ।
उनका प्रतिस्पर्धी शेखर श्रेष्ठले ७३ मत मात्रै प्राप्त गरे । महासचिव पदमा श्रीधर खनाल ९७ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रशान्त मानन्धरको भने ९० मत मात्रै आयो । कोषाध्यक्षमा सम्राट जोशी ९८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी राजेशकुमार प्रधानले ८९ मत पाएका छन् ।
यस्तै सचिवमा कृष्णबहादुर रोकायले १०७ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रृजन भट्टराईले ८३ मत प्राप्त गरे । आज दिउसो १ बजे देखि अपरान्ह ५ बजेसम्म सम्पन्न निर्वाचनमा १९५ जनाले मतदान गरेका थिए । निर्वाचित समितिको कार्यकाल तीन बर्षको रहने छ ।
Share on Twitter