बागमती सरसफाई महाअभियान ५३९ औ हप्तामा (फोटोफिचर)
काठमाडौं : बागमती सरसफाइ अभियानको ५ सय ३९ औँ हप्तामा आज काठमाडौंको बुद्ध नगर आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ । आजको सरफाइबाट डेढ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी माला खरेलले जानकारी दिइन् ।
बाग्मती सफाइ अभियानलाई विश्वकै सबैभन्दा लामो सफाइ अभियान भएको दाबी गरिदै आएको छ । २०७० साल जेठ ५ गते तत्कालिन मुख्य सचिव लिलामणि पौडेलको अग्रसरतामा सुरु भएको महाअभियान सफाइ जागरणको प्रेरणा समेत बन्न सफल भएको छ ।
अभियान सुरु भएपछि बागमतीका शाखा नदीहरू विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरूमा समेत सरसफाइ थालिएको छ ।
उपत्यका बाहिर पनि अभियान सञ्चालन भइरहेको छ । उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयको सहभागितामा सफाइ कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।






Share on Twitter