१४ वर्षका किशोरीहरूलाई एचपीभी खोप
काठमाडौं :सरकारले आगामी भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी)को डेमोस्ट्रेसन गर्ने भएको छ ।
७ वटा अस्पतालबाट १४ वर्षका किशोरीहरूलाई खोप दिन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।
आज पत्रकार सम्मेलन गर्दै महाशाखाका निर्देशक डा. विवेक लालले १४ वर्षका करिब ९ हजार किशोरीलाई खोप दिन लागिएको जानकारी दिए ।
खोप महाशाखाले सात प्रदेशका सात अस्पतालबाट १९ हजार ९९८ खोप वितरण गरिने जनाएको छ । कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा खोप पाइलटिङका रुपमा दिइने डा. लालले बताए ।
एचपीभी खोप ६ महिनाको अवधिमा २ मात्रा लगाउनुपर्नेछ । कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले भदौ २८ र २९ मा सञ्चालन हुनेछ । विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।
Share on Twitter