सुधार गर्न खोज्दा जिम्मेवारी खोसियो
काठमाडौ:बालरोग विशेषज्ञ डा. युवानिधि बसौलालाई सरकारले कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएको छ । २०७८ मा अस्पतालको निर्देशकको जिम्मेवारी पाएका बसौलाले आफ्नो कार्यकालमा अस्पताललाई ब्यवस्थित मात्र बनाएनन् ।
शैन्दर्यकरणलाई समेत प्राथमिकता दिए । अस्पताल सुधारको प्रयास गर्दागर्दै उनको जिम्मेवारी खोसिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै डा. पंकज रायलाई निर्देशकको जिम्मेवारी दिएका छन् । यता बसौलालाई भने जिम्मेवारीबाट हटाइएको पत्र समेत दिइएको छैन । आफुले अहिलेसम्म जिम्मेवारीबाट हटाइएको पत्र नपाएको डा बसौलाले बताए ।
आफ्नो १९ महिने कार्यकालमा उनले अस्पताललाई सिस्टममा ल्याउने प्रयास गरेका छन् । गरीब नागरिकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न उनले दिनरात मेहेनेत गरिरहेका थिए । तर भदौ १३ गते उनको जिम्मेवारी खोसियो । अस्पतालमा सेवा विस्तार संगसंगै कर्मचारीको क्षमता वुद्धिकालागि विभिन्न तालिमको समेत ब्यवस्था मिलाएका थिए ।
बिहान ८ बजेदखि बेलुका ६ बजे सम्म अस्पतालमै भेटिने बसौला नीजि अस्पतालमा नभेटिने डाक्टर मध्ये एक हुन् । आफ्नो कार्यकलाल अस्पताल सुधारमै केन्द्रीत भएको उनको भनाइ छ ।
अस्पतालमा आएका बिरामीलाई रिफर गर्न नपरोस भन्नेमा उनि सचेत थिए । त्यसोत त केही निजी अस्पतालमा काम गर्नै चिकित्सकहरुले कान्तिका बिरामी निजीमा पठाउन थालेपछि उनि कडा रुपमा प्रस्तुत भएका थिए ।
बिरामी के कारणले कुन अस्पतालमा पठाएको भन्ने रेकर्ड राख्न थालेपछि केही चिकित्सको आँखाकोतारो समेत बनेका थिए । उनले आफ्ना कार्यकालमा गरेका काम र भावि दिनकालागि बनाएको योजना यस्ता छन् :






उनले आफुले गर्न खोजेका योजनाहरुपनि सार्वजनिक गरेका छन् ।




Share on Twitter