कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु
काठमाडौं:कान्ति अस्पतालमा बालिकाको मुत्यु भएको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन भएको छ । अस्पतालले डा प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य भएको छानबिन समिति गठन गरेको छ ।
समितिलाई पाँच दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ । बालकिाको मुत्यु भएपछि मुत्तकका आफन्त आक्रोसित भएका छन् । अस्पतालको लापवरवाहीका कारण बिरामीको मुत्यु भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन समेत भएको छ । काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि कान्तिको इमर्जेन्सी कक्षमा पु¥याइएको थियो।
त्यहाँ समयमै उपचार नगर्दा बालिकाको ज्यान गएको आफन्तले बताएका छन्। निरन्तरको बान्ता र ज्वरोले थलिएकी रेजिशालाई उपचारका लागि कान्तिको इमर्जेन्सीमा लगिएको थियो । तर अस्पताल मा भने पालो कुरेर टिकट काट्न भनियो । उपचारको पर्खाइमा दुई घन्टासम्म पालो पर्खेकी बालिकाले ज्यान गुमाएकी थिइन ।
गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर एक बालिकाको मुत्यु भएको छ । इमर्जेन्सी विभागका कर्मचारीले गाम्भिरता नबुझ्दा बिरामीको मुत्यु भएको मुत्तकका आफन्तको आरोप छ ।
Share on Twitter