प्रसूति अस्पतालको सुधारमा रमाउदै डा.श्री
काठमाडौं: परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘अनलाइन टिकेटिङ’ सेवा सुभारम्भ भएको छ । अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा बहिरङ्ग सेवा तर्फ ‘अनलाइन टिकेटिङ’ सुभारम्भ भएको हो ।
विसं २०१६ मा स्थापनामा ४० शय्याबाट सुरु भएको अस्पताले अहिले चार सय ८९ शय्यामार्फत उपचार सेवा उपलब्ध गराइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा ३४ हजार एक सय ८५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार नौ सय ४७ तथा स्त्रीरोगतर्फ पाँच हजार ४६ जनाले उपचार सेवा लिएका छन।
त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ दुई हजार एक सय ९२ र मातृ सघन उपचार तर्फ चार सय ८३ भर्ना भएका थिए भने बहिरङग सेवा तर्फ एक लाख ८० हजार आठ सय ९० जनाले सेवा लिएको निर्देशक डा श्री प्रसाद अधिकारीले जानकारी दिए। प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो। यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो।
यसमा नौ हजार आठ सय २१ जनाको शल्यक्रियाबाट प्रसूति भएको थियो। डा अधिकारी निर्देशकमा नियुक्त भएपछि अस्पतालको सेवालाई सुधार गरेका छन् । उनले गुणस्तरिय सेवा प्रवाह नै आफ्नो उधेश्य भएको बताए । उनले १० शय्याबाट को एन आईसियू लाई बढाएर २० शय्याको बनाएका छन् । उनले सेवालाई समेत प्रविधिसंग जोडेर अनलाईन मार्फत टिकट काट्न सकिने ब्वस्था मिलाए ।
यस्तै उनले विरामीहरुको चाप बढी भएपछि फार्मेसी सेवा समेत थपेको जानकारी दिए । “बिरामीको चापलाई मध्यनजर गर्दै थप एक एक औषधि पसल, अनलाइन टिकेटिङ र क्यूआरकोडमार्फत भुक्तानी र दश शय्या एनआइसीयूलाई बीस शय्या बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ”, उनले भने। उनले अस्पतालको सेवा सुधार गर्न आफु निरन्तर लागिरहने प्रतिबद्धता जनाए । अस्पतालको सेवा सुधार गर्न कुनै सुझाव भए आफुलाई दिन समेत उनले आग्रह गरेका छन् । नागरिकको मनमा बस्नेगरी अस्पताल ब्यवस्थापनमा लागेको उनले सुनाए ।
आइभीएफ सेवालाई समेत अस्पतालले प्राथमिकता दिएको छ । निजी अस्पतालमा महगो सेवाका रुपमा रहेको आइभीएफ न्यून शुल्कमै गर्न सकिने डा. अधिकारी बताउछन् । अहिलेसम्म प्रसूति अस्पतालबाट ‘आइभीएफ’ सेवा लिनेको सङ्ख्या ३८ जना रहेका छन् भने निःसन्तानसम्बन्धी बहिरङ्ग सेवा लिने आठ हजार तीन सय नौ रहेका छन्।
यस्तै, दुई सय ५४ जना महिलाले आइयूआई सेवा र २७ जना निःसन्तान सेवाग्राहीले आइभिएफ सेवा लिएका छन्। लैङ्गिक हिंसाबाट पीडित महिलाको लागि अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आवमा चार सय तीन जना विभिन्न लैङ्गिक तथा यौन हिंसावाट पिडित महिलाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ।
Share on Twitter