सिटी हस्पिटलका सञ्चालक डा. बसिम राई जबर्जस्ती करणी आरोपमा पक्राउ
काठमाडौं:हेटौँडा उपमहानगरपालिका–१, स्थित सिटी हस्पिटलका सञ्चालक फिजिसियन डा. बसिम राई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।
अस्पतालमा कार्यरत कर्मचारीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । राईमाथि एक युवतीले १८ भदौ सोमबार रातको साढे १० बजे जबर्जस्ती करणी गरेको भन्दै मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी छन् ।
५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० घर भई लामो समयदेखि राई हेटौँडामा कार्यरत छन् ।
Share on Twitter