कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेणित पोखरेल नियुक्त
काठमाडौं:कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेणित पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डा पोखरेललाई डीनमा नियुक्त गरेका हुन् ।
नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका पोखरेल दन्त रोग विशेषज्ञ हुन् । प्रतिष्ठानका तत्कालिन डीन डा रमेश भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
Share on Twitter